आज पनि बढ्यो सुनको भाउ

हिमाल प्रेस ७ असोज २०८१ १०:४८
18
SHARES
आज पनि बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ। यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ।

प्रकाशित: ७ असोज २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =