सुनचाँदीकै मूल्य बढ्यो, सुनको भाउ ३ लाख २ हजार कट्यो

हिमाल प्रेस २८ भदौ २०८३ १०:४५ | Sunday, September 13, 2026
सुनचाँदीकै मूल्य बढ्यो, सुनको भाउ ३ लाख २ हजार कट्यो

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

जसअनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार दुई दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो ।

 

प्रकाशित: २८ भदौ २०८३ १०:४५ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast