बालेनले नगरवासीलाई आतंकित बनाए : काठमाडौँ कांग्रेस

हिमाल प्रेस २१ भदौ २०८१ २०:३०
12
SHARES
बालेनले नगरवासीलाई आतंकित बनाए : काठमाडौँ कांग्रेस काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले नगरवासीको हितमा काम नगरेको आरोप लगाएको छ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै खोला किनारमा संरचना नबनाउन सर्वोच्चले गरेको आदेशविरुद्ध पुनरावेदन जानुपर्नेमा महानगर प्रमुखले त्यसो नगरेको भन्दै उनको गतिविधि र निर्णयहरू नगरवासीको पक्षमा नभएको स्पष्ट भएको जनाएको हो।

बालेनले कार्यपालिका बैठक वा कार्यपिलका सदस्यहरूसँग छलफलसमेत नगरी एकल निर्णय गरेर राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेर नगरवासीलाई आतंकित बनाएको पनि विज्ञप्तिमा जनाइएको छ। साथै सो कार्यप्रति कांग्रेसले खेद पनि प्रकट गरेको छ।

बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका नदी खोलाहरूको किनाराबाट दायाँबायाँ २० मिटर क्षेत्र छाडेर मात्र निर्माण गर्न सकिने भन्दै नेपाल सरकार मन्त्रिपरिषदको २०६५ मंसिर १ को प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनी सर्वोच्चले २०८१ साउन २४ मा काठमाडौं महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको थियो।

सो आदेशले पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवतीलगायत शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना वस्तीहरु जोखिममा पर्ने बताएको छ। यसले महानगरवासीको आर्थिक, भौतिक, सांस्कृतिक र सामाजिक जनजीवनमा त्रास उत्पन्न गराएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति काठमाडौँ महानगर समिति सभापति निलकाजी शाक्य र कांग्रेस नेतृ सिर्जना सिंहले निकालेका हुन्। विज्ञप्तिमा नगरवासीको हकहितको संरक्षणका लागि स्थानीय, प्रदेश र संघ सरकारलाई ज्ञापन पत्र बुझाउने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २१ भदौ २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =