युक्रेनले खसाल्यो रुसले प्रक्षेपण गरेका २७ ड्रोन

हिमाल प्रेस २५ साउन २०८१ १९:१४
42
SHARES
युक्रेनले खसाल्यो रुसले प्रक्षेपण गरेका २७ ड्रोन तस्बिरः एपी ।

किएभ (रासस/सिन्ह्वा)- रुसले प्रक्षेपण गरेका सबै २७ लडाकू ड्रोन खसालेको युक्रेनी वायुसेनाले बताएको छ।

सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद-१३६ र शाहेद-१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो।

किएभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो। तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किएभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ।

क्षेत्रीय गभर्नर सर्गेई लिसाकले मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा दुई वटा ड्रोनलाई नष्ट गरिएको र पूर्वाधारमा क्षति पुगेको बताए।

प्रकाशित: २५ साउन २०८१ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =