दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक’ पेस हुँदै

हिमाल प्रेस ८ असोज २०८३ ६:३६ | Thursday, September 24, 2026
8
SHARES
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक’ पेस हुँदै

काठमाडौँ-  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दुई वटा नयाँ विधेयकसम्बन्धी कार्यसूची तय गरिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर जानकारी गराउनेछन् । त्यसलगत्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ । साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन’ सभामा प्रस्तुत गर्नेछन् ।

ब्कष्बल एबष्लतक
यस्तै आजै विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । निर्धारित कार्यक्रमअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

 

प्रकाशित: ८ असोज २०८३ ६:३६ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast