रुस-युक्रेन युद्धले हवाई सुरक्षामा चुनौती बढ्न सक्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

हिमाल प्रेस १७ भदौ २०८३ १०:५९ | Wednesday, September 2, 2026
रुस-युक्रेन युद्धले हवाई सुरक्षामा चुनौती बढ्न सक्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रुसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन्।

मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रुसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित पक्षहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे।

उनले युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले नागरिक उड्डयनमा त्यसको प्रभाव पर्न सक्ने बाए।

पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोनको गतिविधिका कारण रुसका विभिन्न विमानस्थलमा हवाई सेवा पटकपटक प्रभावित हुँदै आएको छ। जेलेन्स्कीले युद्ध जारी रहेसम्म यस्तो जोखिम कायम रहन सक्ने बताए।

प्रकाशित: १७ भदौ २०८३ १०:५९ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast