बढ्यो सुनको मूल्य

हिमाल प्रेस २४ साउन २०८१ ११:५६
22
SHARES
बढ्यो सुनको मूल्य

काठमाडौँ- आज सुनको मूल्य बढेको छ। सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै आज छापावाल सुन १ तोला किन्न ग्राहकले १ लाख ४६ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। २० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी २६.८८ अमेरिकी डलर र सुन २ हजार ३९५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

 

प्रकाशित: २४ साउन २०८१ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =