काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन शाह मंगलबार वाग्लेलाई कार्यवाहक दिएर अमेरिका लागेका हुन्। कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उनी राष्ट्रपतिकहाँ भेटघाटका लागि पुगेको उनको सचिवालयले जनाएको छ।
प्रकाशित: ७ असोज २०८३ १०:५६ | Wednesday, September 23, 2026
प्रतिक्रिया


