काठमाडौँ- सुनको मूल्य बढेको छ। बुधबार छापावाल सुनको मूल्य १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार १ हजार ७०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ थियो। सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो । आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो।
बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ थियो ।सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ थियो ।
प्रकाशित: ७ असोज २०८३ ११:१५ | Wednesday, September 23, 2026
प्रतिक्रिया


