सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

हिमाल प्रेस २० साउन २०८१ १३:२१
24
SHARES
सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस कमलबहादुर शाह।

काठमाडौँ- सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।  नेपाली कांग्रेस-नेकपा एमालेसहितको नयाँ गठबन्धन केन्द्रमा बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको हो।

सोहीअनुसार यहाँ एमालेको प्रस्तावमा कांग्रेसका शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे।  सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए।

प्रकाशित: २० साउन २०८१ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =