बिना हेल्मेट मोटरसाइकल कुदाएको भिडियो भाइरल बनेपछि कारबाहीमा परे मुख्यमन्त्री

हिमाल प्रेस १८ असार २०८३ १२:२७ | Thursday, July 2, 2026
18
SHARES
बिना हेल्मेट मोटरसाइकल कुदाएको भिडियो भाइरल बनेपछि कारबाहीमा परे मुख्यमन्त्री

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो।

ट्राफिक अधिकारी मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । शाहलाई ५०० रूपैयाँ जरिवाना गरिएको छ।

 

प्रकाशित: १८ असार २०८३ १२:२७ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast