सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

हिमाल प्रेस २८ साउन २०८३ १८:०१ | Thursday, August 13, 2026
6
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्।

उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेशका मुख्यमन्त्री बनेका थिए।

केन्द्रीय सहमतिअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्तासमीकरण बनेपछि शाह अल्पमतमा परेका थिए।

प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन उनले राजीनामाको घोषणा गरेका हुन्।

प्रकाशित: २८ साउन २०८३ १८:०१ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast