गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न : देउवालाई किन अपमान गरेको?

हिमाल प्रेस २६ वैशाख २०८३ १६:५२ | Saturday, May 9, 2026
10
SHARES
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न : देउवालाई किन अपमान गरेको? सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह शनिबार कैलालीको घनगढीमा आयोजित नेपाली काङ्ग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिनिधिसभा सदस्य चुनावमा शेरबहादुर देउवालाई टिकट नदिएर अवमूल्यन गरेको आरोप नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि लगाएका छन्।

नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा शनिबार धनगढीमा बोल्दै उनले भने, ‘शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो? अब उहाँको स्थान कहाँ हुन्छ? पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्दैन?’

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले सभापति थापालाई पार्टीभित्र पछिल्लो समय उठेका विभिन्न विषयमा प्रश्न गरेका हुन्। उनले भदौ २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न उठाए। साथै देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने स्पष्ट हुनुपर्ने बताए।

शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए। ‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन। सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ,’ उनले भने।

उनले सभापति थापालाई भविष्यको नेतृत्वका रूपमा प्रस्तुत गरे। उनले भने, ‘गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति छैन। अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ।’

प्रकाशित: २६ वैशाख २०८३ १६:५२ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast