सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

हिमाल प्रेस ३१ असार २०८३ १७:२१ | Wednesday, July 15, 2026
12
SHARES
सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

काठमाडौँ – नेकपा (एमाले) ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

धनगढीमा बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।

उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताए।

नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरुसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिए।

मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका थिए।

प्रकाशित: ३१ असार २०८३ १७:२१ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast