शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई पठायाे यस्ताे पत्र

हिमाल प्रेस २८ असार २०८१ ११:३५
994
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई पठायाे यस्ताे पत्र

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले विपद् व्यवस्थापन जानकारी तथा कार्यान्वयनका लागि सबै स्थानीय तहलाई आग्रह गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको नेपाल शिक्षा समूह (Nepal Education Cluster) का सदस्यहरूसँगको समन्वयमा हालै भइरहेको मनसुनको समयमा हुनसक्ने घटना, स्वास्थ्य समस्या, डेंगी हैजा लगायतका रोगहरू, बालहिंसा र शैक्षिक क्रियाकलापसम्बन्धी विभिन्न जनचेतनामूलक सामग्री (PSAs), सूचना तथा पोष्टरहरू विकास गरिएको छ।

ती सामग्रीहरू अन्य उपयोगी जानकारी र सम्पर्क व्यक्तिसम्बन्धी जानकारीयुक्त सामग्री नेपाल शिक्षा समूह (Nepal Education Cluster) को वेबसाइट https://sites.google.com/view/educationclusternepal/home बाट प्राप्त गरी आवश्यकतानुसार स्थानीय रेडियो, टेलिभिजनहरूबाट प्रसारण गर्न एवं विद्यालय तथा शैक्षिक क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन सहजीकरण गर्न गराउन केन्द्रले अनुरोध गरेकाे छ।

साथै विपद् जोखिम न्यूनीकरण गर्न विपद्को पूर्व तयारी र प्रतिकार्यको लागि जारी भएको विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समूह २०८० निर्देशिका (गठन तथा सञ्चालन) बमोजिम स्थानीय तहअन्तर्गत शिक्षा क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूसँगको समन्वयमा स्थानीय तह शिक्षा समूह गठन गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्य गर्न अनुरोध गरिएकाे छ। उक्त निर्देशिका केन्द्रको वेबसाइटमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =