जलवायु न्यायको विषय तथ्यसहित विश्वसामु उठाऔँ : नेपाल

हिमाल प्रेस ४ असोज २०८३ २०:१७ | Sunday, September 20, 2026
जलवायु न्यायको विषय तथ्यसहित विश्वसामु उठाऔँ : नेपाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय तथ्यसहित विश्वसामु स्थापित गर्न प्रधानमन्त्रीलाइ आग्रह गरेका छन्।

आइतबार काठमाडौंँमा आयोजित जलवायु परिवर्तन र जलवायु न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले विश्वको राजनीतिक शक्ति सन्तुलन फेरिँदै गएको र बहुध्रुवीय विश्वमा नेपालले आफ्ना प्राकृतिक विपद् र जलवायुजन्य क्षतिको प्रभावकारी कूटनीतिक आवाज उठाउनुपर्नेमा जोड दिए।

हालै भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सम्मेलनको घोषणापत्रमा समेत जलवायु परिवर्तनका विषय समेटिएको स्मरण गराउँदै उनले नेपालजस्ता हिमाली मुलुकले विश्वव्यापी प्रदूषणको ठूलो मूल्य चुकाउनु परिरहेको धारणा राखे।

नेपालले रसुवाको भोटेकोशी बाढी लगायतका प्राकृतिक विपत्तिहरूले हिमाली तथा तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको भन्दै विकसित राष्ट्रहरूबाट त्यसको उचित क्षतिपूर्ति र जलवायु न्याय पाउनुपर्ने दाबी गरे।

सन् २००९ मा आफ्नै नेतृत्वको सरकार हुँदा सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक राखी विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले नेपालले हिमाल र प्रकृतिको संरक्षणमा खेलेको भूमिकाअनुसारको हक अन्तर्राष्ट्रिय मञ्चबाट लिन सक्नुपर्ने उल्लेख गरे।

सहसंयोजक नेपालले विकास र पर्यावरणबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले तराई–मधेशमा पानीको सतह घट्दै गएको र हिमालहरू पग्लिँदै कालो चट्टानमा परिणत हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चुरे संरक्षण तथा जलाशय निर्माणका कार्यक्रमहरूलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित: ४ असोज २०८३ २०:१७ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast