गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मागे विश्वासको मत

हिमाल प्रेस २३ वैशाख २०८१ १६:००
10
SHARES
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मागे विश्वासको मत खगराज अधिकारी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्।आइतबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव पेस गरेका हुन्। मुख्यमन्त्री अधिकारीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरू भएको छ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ। अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ। प्रतिपक्षी कांग्रेससँग २७ सीट छ। अधिकारी सभामुखकोसमेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २३ वैशाख २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =