चन्द्रमाको अनुसन्धानका लागि चाङ ई-६ प्रक्षेपण गर्दै चीन

हिमाल प्रेस १५ वैशाख २०८१ १७:११
4
SHARES
चन्द्रमाको अनुसन्धानका लागि चाङ ई-६ प्रक्षेपण गर्दै चीन

हेनान- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मे महिनाको प्रारम्भमा चाङ ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ।

चाङ ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई ८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ।

हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो। प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ।

चाङ ई-६ चन्द्रमा अनुसन्धान र लङ मार्च-वाई-८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो।

चन्द्रमाको टाढाबाट नमूना संकलन गर्नका लागि अनुसन्धानको तयारी गरिएको छ। यो मानव इतिहासमा आफ्नै प्रकारको पहिलो मिसन हुनेछ। रासस/सिन्ह्वा  

प्रकाशित: १५ वैशाख २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =