‘चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम’

हिमाल प्रेस २३ चैत २०८० १२:३८
8
SHARES
‘चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम’

गान्झाओ- चीन भ्रमणमा रहेकी अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी शुक्रबार दिएकी छिन्।

एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार गान्झाओ आइपुगेकी हुन्।

उनले भनिन्,‘चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ।’

उनले थप भनिन्,‘चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ। विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ। चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्‍याइरहेको छ।’ रासस/एएफपी

प्रकाशित: २३ चैत २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =