देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृहको सर्कुलर

हिमाल प्रेस १४ वैशाख २०८१ १३:०८
14
SHARES
देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृहको सर्कुलर

काठमाडौँ- गृह मन्त्रालयले देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार गरेको छ। देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले आ–आफ्ना जिल्लामा रहेका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो।

‘मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना/योजना सञ्चालन गर्न कार्यालय/निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,’ गृहको पत्रमा उल्लेख छ।

साथै गृहले अलपत्र/रुग्ण आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =