गृह सचिव र आईजीपीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

हिमाल प्रेस १९ साउन २०८० १७:०६
190
SHARES
गृह सचिव र आईजीपीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ- गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। शुक्रबार आयोजित समारोहमा गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव र प्रहरी महानिरीक्षक बीच उक्त सम्झौता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =