मंसिर ७ मा काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थाबारे गृहमन्त्रालयमा छलफल

हिमाल प्रेस ३ मंसिर २०८० १३:४५
8
SHARES
मंसिर ७ मा काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थाबारे गृहमन्त्रालयमा छलफल

काठमाडौँ- काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे अहिले गृह मन्त्रालयमा बैठक जारी छ। छलफल गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भइरहेको छ।

मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र एमालको युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको छ। बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।

युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मन्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ। पछिल्लो समय एमालेका नेता र प्रसाईं भाषणहरूमा पनि एक अर्कालाई गम्भीर आरोप लगाइरहेका छन्।

प्रकाशित: ३ मंसिर २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =