मोरङका सिडिओ भट्टराई गृह मन्त्रालय तानिए

हिमाल प्रेस १२ वैशाख २०८० १८:५३
32
SHARES
मोरङका सिडिओ भट्टराई गृह मन्त्रालय तानिए

काठमाडौँ- मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृह मन्त्रालय तानिएका छन्। राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको विषयमा उनको नाम पनि जोडिएपछि उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा गृहमन्त्रालय तानिएको हो।

राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराईसहित अन्य केही कर्मचारीलाई मन्त्रालयमा तानिएको छ।

भट्टराईलाई गृहमा तानेर संखुवासभाका प्रजिअ रहेका वीरेन्द्रकुमार यादवलाई मोरङ पठाइएको छ।

प्रकाशित: १२ वैशाख २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =