भारतीय फुटबलर सुनिल क्षेत्रीले गरे संन्यास घोषणा

हिमाल प्रेस ३ जेठ २०८१ ११:४७
14
SHARES
भारतीय फुटबलर सुनिल क्षेत्रीले गरे संन्यास घोषणा

काठमाडौँ- भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले खेलाडी जीवनबाट संन्यास घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउन लागेको बताए। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीमा शीर्ष ४ मा रहेका छन्।

उनले आगामी ६ जुनमा हुने फिफा विश्वकप क्वालिफायरअन्तर्गत् कुवेतविरुद्धको खेल आफ्नो अन्तिम खेल हुने उनले बताएका छन्।

३९ वर्षीय क्षेत्रीले सन् २००५ को १२ जुनमा पाकिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। उनले सोही खेलमा देशका लागि पहिलो गोलसमेत गरेका थिए।https://fb.watch/s5mF5_8azc/

 

 

प्रकाशित: ३ जेठ २०८१ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =