उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

हिमाल प्रेस १३ वैशाख २०८१ १४:३५
38
SHARES
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

वैशाख १५ मा इलामा २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। गत राती १२ बजेदेखि उपनिर्वाचन हुने क्षेत्रमा मौन अवधि पनि लागू भएको छ।

प्रकाशित: १३ वैशाख २०८१ १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =