पोखरामा स्कुटर दुर्घटनामा किशोरीको मृत्यु

हिमाल प्रेस १२ वैशाख २०८१ ११:१०
94
SHARES
पोखरामा स्कुटर दुर्घटनामा किशोरीको मृत्यु

पोखरा- पोखरामा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ। अर्की घाइते छिन्।

राति करिब ८ बजेतिर पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो।

स्कुटर चालक पोखरा ७, सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते गुरुङको अवस्था मध्यम छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८१ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =