आजको राशिफल

हिमाल प्रेस २९ चैत २०८० ६:१९
24
SHARES
आजको राशिफल

२०८० साल चैत महिनाको २९ गते बिहीबार, चैत शुक्ल तृतीया तदनुसार सन् २०२४ अप्रिल ११। यस्तो छ तपाईँको आज :

मेष : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

वृष : प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। महत्त्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

मिथुन : सहयोगीहरूले राम्रो साथ दिनेछन। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कर्कट : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

सिंह :  विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या : नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

तुला : सोचेको आँटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

वृश्चिक : साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

धनु :  शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।

मकर : काममा राम्रै फाइदाको योग छ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मीन : काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका काम सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

प्रकाशित: २९ चैत २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =