सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

हिमाल प्रेस २६ चैत २०८० १७:५४
782
SHARES
सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौँ- सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी भएको छ। काठमाडौँको सतुंगलमा रहेको जिन्सी सामान राखेको स्टोरमा आगलागी भएको हो।

सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान रहने स्टोरमा आगो लागेको हो। अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको थानकोट प्रहरीले जनाएको छ। बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। पौने पाँच बजेदेखि आगोलागी भएको हो। थापाका अनुसार क्षतिको आँकलन गरिएको छैन।

प्रकाशित: २६ चैत २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =