गण्डकीमा बन्यो तीन सदस्यीय मन्त्रिपरिषद्, दीपक मनाङे फेरि पनि मन्त्री

हिमाल प्रेस २५ चैत २०८० १५:५९
56
SHARES
गण्डकीमा बन्यो तीन सदस्यीय मन्त्रिपरिषद्, दीपक मनाङे फेरि पनि मन्त्री

पोखरा- गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई शपथ गराएका हुन्।

अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए।

अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्तागठबन्धन दल नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाएका छन्। मनाङे केही दिनअघि मात्रै कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए। अहिले फेरि उनी मन्त्री बनेका हुन्।

प्रकाशित: २५ चैत २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =