सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

हिमाल प्रेस २३ चैत २०८० १६:४८
6
SHARES
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। कांग्रेसका सांसद कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख मियाँले बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन्।

उनले संविधानको धारा १६८ (२) अनुरूपको सरकार गठको आह्वान गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि वैशाख २ गते आइतबारसम्मको समय दिइएको छ।

प्रकाशित: २३ चैत २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =