प्रचण्डसँगको छलफलपछि ओलीले भने- सुदूरपश्‍चिम सरकार ढल्दैन

हिमाल प्रेस २६ माघ २०७९ १६:४८
12
SHARES
प्रचण्डसँगको छलफलपछि ओलीले भने- सुदूरपश्‍चिम सरकार ढल्दैन बैठकपछि सिंहदरबारबाट बाहिरिँदै ओली।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार नढल्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग केहीबेरअघि सिंहदरबारमा भएको छलफलपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

‘सुदूरपश्चिमको सरकार जोगिन्छ, ढल्दैन होला,’ सञ्चारकर्मीको प्रश्नमा ओलीले भने।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिहं रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि अन्तिम अवस्थामा आएर रावल नेतृत्वको सरकार अप्ठेरोमा परेको छ।

यसैबीच बिहीबार दिउँसो बसेको एमाले सचिवालय बैठकबाट ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बिहीबार (आज) विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ।

प्रकाशित: २६ माघ २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =