एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

हिमाल प्रेस १२ चैत २०८० ८:१२
4
SHARES
एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

काठमाडौँ- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। देवकोटाले ३५१ मत प्राप्त गरे। बिसीले १३२ मत पाए।

उपाध्यक्षमा मोहनबहादुर बडुवाल निर्वाचित भए। सचिवमा डम्बर तिवारी विजयी भए। यस्तै उपसचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भए। सदस्यहरूको मतगणना जारी छ।

एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो।

निर्वाचनमा कुल ४९५ मध्ये ४८६ जनाले मतदान गरेका थिए।नवौँ अधिवेशन गत बिहीबार शुरु भएको थियो।

प्रकाशित: १२ चैत २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =