कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले गर्दैछ ‘हीरक महोत्सव’

हिमाल प्रेस १० वैशाख २०८१ ७:३९
2
SHARE
कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले गर्दैछ ‘हीरक महोत्सव’

काठमाडौँ- नेकपा एमालेले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुर गोदावरीको सनराईज हलमा हीरक महोत्सवको औपचारिक कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेससहितका अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो गरिएको छ।

विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।

त्यस्तै तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निम्तो गरिएको एमालेले जनाएको छ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आज हीरक महोत्सवमा सहभागी हुने बताइएको छ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललाई पनि बोलाइएको छ। एकीकृत समाजवादी अध्यक्ष नेपाल भने सोही कार्यक्रममा नजाने भएका छन्।

प्रकाशित: १० वैशाख २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =