नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न एमालेको आग्रह

हिमाल प्रेस ९ वैशाख २०८१ १९:५०
8
SHARES
नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न एमालेको आग्रह

काठमाडौँ- नेकपा एमालेले नयाँ सत्ता समीकरणलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

दुई दिनसम्म ललितपुरको गोदावरीमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फल्गुन २१ गते गठन भएको नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समीकरणलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।

पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारीरूपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

बैठकले दलहरूबीचको नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थिर र अन्योलतर्फ धकेल्ने कामप्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उनको भनाइ छ।

आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको उनले बताए। बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको उपमहासचिव रिमालले बताए।

बैठकले सहकारीहरूमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानबिन गर, दोषीलाई कानुनी कठघरामा ल्याई बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको रिमालले जानकारी दिए। यस्तै बैठकले विभिन्न प्रतिवेदनहरू पारित गरेको छ।

प्रकाशित: ९ वैशाख २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =