कति छ आज डलरको मूल्य?

हिमाल प्रेस ३ चैत २०८० ६:५४
2
SHARE
कति छ आज डलरको मूल्य? फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ १२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४३ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४२ पैसा थियो।

प्रकाशित: ३ चैत २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =