‘महिला शिक्षामन्त्री हुँदा बालविकास शिक्षकका समस्या बुझ्ने विश्वास छ’

हिमाल प्रेस २८ फागुन २०८० १६:१२
348
SHARES
‘महिला शिक्षामन्त्री हुँदा बालविकास शिक्षकका समस्या बुझ्ने विश्वास छ’ कृष्णकुमारी थापा मगर

काठमाडाैँ- नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठबाट पेसागत समस्या समाधान हुने अपेक्षा लिएको छ।

समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले साेमबार हिमाल प्रेससँग कुरा गर्दै आमशिक्षक-कर्मचारीले आशाभरोसा गरेको व्यक्ति शिक्षामन्त्री भएर आउँदा खुसी लागेको बताइन्। उनी भन्छिन्,‘आमशिक्षक-कर्मचारीले आशाभरोसा गरेको व्यक्ति शिक्षामन्त्रीका रूपमा आउनुभएको छ। हामी निकै नै आशावादी छौँ।’

अध्यक्ष थापा मगरले महिला शिक्षामन्त्री हुँदा बालविकास शिक्षकका समस्या गहिरो गरी बुझ्ने विश्वास लिएको बताइन्। सामुदायिक विद्यालयमा बालविकास शिक्षकका रूपमा महिला छन्। उनीहरूलाई पनि सरकारले थोरैमात्र तलबसुविध उपलब्ध गराउँदै आएको छ।

‘ईसीडी शिक्षक पनि महिला भएको हुनाले महिलाका समस्या महिला शिक्षामन्त्रीले बुझ्नुहुनेछ भन्ने आमबालविकास शिक्षकको विश्वास छ’,थापा मगरले भनिन्।

सरकारबाट बालविकास शिक्षकको पेसागत समस्या दीर्घकालीन रूपमै समाधान होस् भन्ने अपेक्षा रहेको बताउँदै अध्यक्ष थापा मगरले शिक्षामन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउने बताइन्। शिक्षामन्त्री हुनुअगाडि श्रेष्ठलाई बालविकास शिक्षकहरूले पनि आफ्ना पेसागत माग समेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =