बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन सुझाव

हिमाल प्रेस ७ चैत २०८० १३:२६
6.9k
SHARES
बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन सुझाव

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षाको आधारस्तम्भको रूपमा रहेको प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरह तलबभत्ता उपलब्ध गराउन सरकारलाई सुझाव पेस गरेको छ।

महासंघले शिक्षामा गर्ने लगानी र आर्थिक प्रबन्धसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव पेस गरेको छ। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल प्रारम्भ भइरहेका बेला महासंघले सुझाव पेस गरेको हो।

महासंघले सुझाव पत्रमा भनेको छ, ‘विद्यालय शिक्षाको आधारस्तम्भको रूपमा रहेको प्रारम्भिक बालशिक्षामा काम गर्ने शिक्षकहरू न्यून तलबमा काम गर्न बाध्य छन्। यसैले यही आर्थिक वर्षबाट प्रारम्भिक बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरह तलबभत्ता उपलब्ध गराइनुपर्छ।’

महासंघले विद्यालय कर्मचारीको तहगत दरबन्दी तोकेर सोहीअनुसार तलबभत्ता उपलबध्य गराउन सुझाव दिएको छ। महासंघको सुझाव छ,‘विद्यालय कर्मचारीहरू अत्यन्त न्यून तलबमा काम गर्न बाध्य पारिएका छन्। त्यसैले यही बजेटबाट विद्यालय कर्मचारीको तहगत दरबन्दी तोकी दरबन्दीअनुसार तलबभत्ता उपलब्ध गराइनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =