बालविकास शिक्षकलाई दिने सुविधा सन्तोषजनक छैन,बालविकासमा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

हिमाल प्रेस २८ चैत २०८० ९:५५
15.8k
SHARES
बालविकास शिक्षकलाई दिने सुविधा सन्तोषजनक छैन,बालविकासमा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकासको तथ्यांकको आधारमा लगानी बढाउने योजनामा छिन्।

उनले बालविकास कक्षामा विद्यार्थी संख्या, शिक्षक र बालविकास केन्द्रको अवस्था हेरेर लगानी बढाउने योजना ल्याएकी हुन्।

उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा बालविकासका विषयमा तथ्यांकका आधारमा लगानी बढाउने र प्रतिफलको सुनिश्चितता गर्ने गरी काम भइरहेको जानकारी दिइन्।

उनको भनाइमा आगामी वर्षको नीति तथा कार्यक्रममा बालविकास कक्षा दुई वर्षको गर्ने गरी कानुनी प्रबन्ध गर्ने र व्यवस्थित गर्ने नीति प्रस्ताव गरिएको छ।

उनको भनाइ छ,‘बालविकास शिक्षकलाई दिने सुविधा सन्तोषजनक छैन। तिनै तहका सरकार मिलेर यसमा काम गर्नुपर्छ र मन्त्रालयले आवश्यक समन्वय सुरु गरिसकेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =