मूल्यवृद्धि २.८७ प्रतिशतले घट्यो, विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्यो

हिमाल प्रेस २७ फागुन २०८० १६:५८
18
SHARES
मूल्यवृद्धि २.८७ प्रतिशतले घट्यो, विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष सात महिनामा वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि घटेको छ। माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको राष्ट्र बैंकको समीक्षा छ।

बैंकका अनुसार गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत थियो। गत वर्षको यही अवधिको तुलनामा माघ महिनामा २.८७ प्रतिशत घटेको बैंकका तथ्यांकमा छ।

यस्तै, चालु आर्थिक वर्षको सात महिनामा विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ। गत साउनमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालु आर्थिक बर्षको सातम महिनामा विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशत पुगेको हो।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो।

यो रकम अहिले बढेर २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ पुगेको बैंको तथ्यांकमा छ। असारको तुलनामा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भएको वित्तीय स्थिति रिपोर्टमा छ। भने बैंकका अनुसार २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

वित्तीय स्थिति रिपोर्टमा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशत बढेको छ। दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, ले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ। यस्तै, मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत पुगेको हो।

पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा पुगेको समिक्षामा भनिएको छ। माघमा शोधनान्तर बचत बढेपनि चालु खातामा भएको वृद्धि रोकिएको राष्ट्र बैंककको तथ्यांमा छ। २०७९/८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा भएको बैंकले जनाएको छ।

यस्तै चालु आव सात महिनामा पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम रहेको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक भएको पनि बैंकको समीक्षामा उल्लेख छ।

गत वषको यो अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम पुगेको थियो। भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक भएको बैंकले जनाएको छ। यस्तै, माघ मसान्तमा शोधानान्तरस्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा छ।

गत आवको सात महिनामा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा भएको बैंकको समिक्षामा छ। पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ। जसका कारण मसान्तमा शोधनान्तर स्थिति खाता बचत बढ्न नसकेकेको समीक्षामा भनिएको छ।

यसैगरी, चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिमा सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। गत वर्षको तुलनामा मात्र महिना कम रेमिट्यान्स भित्रिएको छ।

प्रकाशित: २७ फागुन २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =