यी हुन् नयाँ सरकारका १७ मन्त्री

हिमाल प्रेस २३ फागुन २०८० १६:१६
128
SHARES
यी हुन् नयाँ सरकारका १७ मन्त्री

काठमाडौँ- नेपाली कांग्रेससहितको गठबन्धन तोडेर नेकपा एमालेसहितको गठबन्धनको सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल नेतृत्वको सरकारका नयाँ १७ मन्त्री र मन्त्रालयको टुंगो लागेको छ। सरकारमा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीको टुंगो लगाइसकेका छन्। माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय पाएको छ। त्यस्तै एमालेले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जान ६ मन्त्रालय पाएको छ। रास्वपाले उपप्रधान तथा गृहसहित ४ मन्त्रालय पाएको छ।

यी हुन् नयाँ सरकारमा टुंगो लागेका १७ मन्त्री

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री

हरि उप्रेती, रक्षा मन्त्री

भगवती चौधरी, महिला बालबालिका मन्त्री

राजेन्द्र राई, खानेपानी मन्त्री

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छि विकास मन्त्री

बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

वर्षमान पुन, अर्थ मन्त्री

शक्ति बस्नेत, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री

रेखा शर्मा, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री

हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

डीपी अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

प्रकाशित: २३ फागुन २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =