भोलि सार्वजनिक बिदा

हिमाल प्रेस १० वैशाख २०८१ १२:५१
26
SHARES
भोलि सार्वजनिक बिदा फाइल तस्बिर

काठमाडौँ- सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। अमिरको भ्रमण तय भएसँगै आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: १० वैशाख २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =