सरकारले भन्यो : संसद् अधिवेशनको अन्त्य स्वाभाविक हाे

हिमाल प्रेस २ वैशाख २०८१ १६:५९
10
SHARES
सरकारले भन्यो : संसद् अधिवेशनको अन्त्य स्वाभाविक हाे

काठमाडौँ- सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ। आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वाभाविक प्रक्रियाअन्तर्गत अन्त्यका लागि सिफारिस गरिएकाे बताइन्।

उनले स्वाभाविक रूपमा भएको संसद अधिवेशनकाे अन्त्यलाई अरु अर्थमा बुझ्न नहुने बताइन्। उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताइन्। उनले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको बताइन्।

मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताइन्।

प्रकाशित: २ वैशाख २०८१ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =