आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २२ फागुन २०८० ५:३६
34
SHARES
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनरको मूल्य घट्दा युरोपियन युरो, बेलायती पाउन्ड, कुवेती दिनारको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा थियो।

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९९पैसा र बिक्रीदर ४३१ रुपैयाँ ९८ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६३ पैसा थियो।

प्रकाशित: २२ फागुन २०८० ५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =