फोटो पत्रकारमाथि संगीतकार सापकोटाको दुर्व्यवहार, पीजे क्लबको आपत्ति

हिमाल प्रेस १५ फागुन २०८० २०:४०
74
SHARES
फोटो पत्रकारमाथि संगीतकार सापकोटाको दुर्व्यवहार, पीजे क्लबको आपत्ति

काठमाडौँ- नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले फोटो पत्रकार सुजन गुरुङलगायतलाई दुर्व्यवहार गरेको भन्दै फोटो पत्रकार क्लब नेपाल (पीजे क्लब)ले गम्भीर आपत्ति जनाएको छ।

मंगलबार भजन शिरोमणी भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रमको दृश्य संकलनका क्रममा गोरखापत्र दैनिकका फोटो पत्रकार गुरुङलगायतलाई सापकोटाले ‘छायाँकन गर्नुपर्दैन तँ यहाँबाट गैहाल’जस्ता गालीगलौजका शब्द प्रयोग गरेको क्लबको भनाइ छ।

क्लबका महासचिव प्रकाशचन्द्र तिमिल्सेनाले विज्ञप्ति जारी गर्दै स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका फोटो पत्रकारमाथि सापकोटाले गरेको दुर्व्यवहार खेदजनक भएको टिप्पणी गरेका छन्। ‘सापकोटाले गरेको यो हर्कतले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको क्लबको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

क्लबले सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्न पनि माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =