कोशी सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

हिमाल प्रेस ९ फागुन २०८० २१:३७
26
SHARES
कोशी सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

इटहरी- कोशी प्रदेश सरकारको वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार तीन बुँदे सहमति भएको छ। दुई पक्षको वार्ता टोलीले तीन बुँदे सहमति गरेको हो।

सहमतिअनुसार प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्ने भएको छ।

यसै गरी सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नं. ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भएको थियो। सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरू फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरूमा विचाराधीन मुद्दाहरूको विवरण र घाइतेहरूको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट दुई जना र आन्दोलनरत पक्षबाट दुई जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो।

प्रकाशित: ९ फागुन २०८० २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =