कोशी प्रदेशका मुख्यमन्त्रीलाई सरकार छाड्न एमालेको चेतावनी

हिमाल प्रेस २ चैत २०८० १९:०९
108
SHARES
कोशी प्रदेशका मुख्यमन्त्रीलाई सरकार छाड्न एमालेको चेतावनी

इटहरी- नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई तत्काल सरकार छाड्न चेतावनी दिएको छ। प्रमुख सचेतक रेवतीरमण भण्डारीले वर्तमान सरकार अल्पमतमा परेकोले मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन्। यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।

‘निरङ्कुशता र स्वेच्छाचारी रूपमा मुख्यमन्त्री अगाडि बढ्न खोज्नु गलत हुनेछ,’ उनले भने, ‘मुख्यमन्त्रीले अहिलेको अवस्थामा तत्काल राजीनामा नदिने हो भने मुख्यमन्त्री अप्ठ्यारोमा पर्नुहुन्छ।’

मुख्यमन्त्री कार्कीले जबरजस्ती गर्न खोजेको अवस्थामा संविधानको धारामा टेकेर हटाउने उनको दाबी छ। कुन प्रदेश कसले नेतृत्व गर्ने भन्ने बारेमा केन्द्रीय नेतृत्वको बीचमा टुङ्गो लागि नसकेको कारणले गर्दा आफूहरू चुप लागेर बसेको समेत उनले बताए। केन्द्रबाट टुङ्गो लाग्ने बित्तिकै नेकपा माओवादी, एकीकृत साजवादी र एमाले सहितको सरकार कोसी प्रदेशमा बन्ने उनको दाबी छ।

‘मुख्यमन्त्री मान्नुभयो भने राजीनामा दिन भन्छौँ, माओवादी र एकीकृत समाजवादीका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीका लागि निक्कै चुनौतीपूर्ण हुनेछ,’ उनले भने, ‘त्यो भन्दा पहिला नै मुख्यमन्त्री कार्कीले नै राजीनामा दिनुपर्छ।

प्रकाशित: २ चैत २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =