कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग राख्दै प्रदेश प्रमुखसमक्ष निवेदन

हिमाल प्रेस २६ चैत २०८० १६:३४
24
SHARES
कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग राख्दै प्रदेश प्रमुखसमक्ष निवेदन एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखको कार्यकक्षमा पुगेकाहरू।

इटहरी- कोशी प्रदेशमा दलहरूले वैकल्पिक सरकार गठनको माग राख्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्। एमाले–माओवादीसहितका दलको गठबन्धनले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएको हो।

सोमाबार (आज) कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने निर्णय गरेको र मन्त्रीहरूले पनि राजीनामा दिएका कारण मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिइएको हो।

निवेदनमा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ।

‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौँ’, गठबन्धनका दलले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा उल्लेख छ ।

गत असोज २७ गते एमालेका ३९ जना सांसद र नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहका ८ जना सांसदको हस्ताक्षरमा संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कोशी प्रदेशमा कुल ९३ सांसद छन्। जसमध्ये बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

प्रकाशित: २६ चैत २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =