जसपाले युवालाई प्रशिक्षण दिने

हिमाल प्रेस ५ फागुन २०८० ९:४७
28
SHARES
जसपाले युवालाई प्रशिक्षण दिने

धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ। जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो।

जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसंगठनको प्रशिक्षण गर्न लागेको हो। समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन्।

संगठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरू गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन्।

प्रशिक्षण आज मध्याह्न १२ बजेदेखि सुरु हुनेछ। जसपाले यस अघि महिला संगठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो।

प्रकाशित: ५ फागुन २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =