रिक्त रहेको समानुपातिक सांसद टुंगो लगाउँदै जसपा

हिमाल प्रेस २२ चैत २०८० ८:४२
2
SHARE
रिक्त रहेको समानुपातिक सांसद टुंगो लगाउँदै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

आज बिहान केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समानुपातिक सांसद चयन गरिने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको हो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन्।

उनको पनि यही चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएपछि रिक्त स्थानमा जसपाले नयाँ सांसद छनोट गर्न लागेको हो।

जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको मुस्लिम महिला क्लस्टरको तेस्रो नम्बरमा बाँकेकी हसिना खान रहेकी छन्। २७ वर्षीय हसिना यस क्लस्टरको अन्तिम नाम भएकाले उनकै नाम सिफारिस हुने छ।

प्रकाशित: २२ चैत २०८० ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =