विमानस्थलमा कर्मचारी प्रहरी कुटपिट प्रकरण : डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

हिमाल प्रेस २६ माघ २०८० १६:४६
1.4k
SHARES
विमानस्थलमा कर्मचारी प्रहरी कुटपिट प्रकरण : डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयको प्रमुख डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेका हुन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाउँदै प्रहरीमाथि कारबाहीका लागि सिफारिस गरेको थियो। त्यसपछि डीआईजी चन्द असन्तुष्ट थिए।

खानतलासी गर्ने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेसँगै असन्तुष्ट चन्दले पदबाट राजीनामा पनि दिइका थिइ। उनको राजीनामा भने आईजीपी बसन्तबहादुर कुँवरको आग्रहमा फिर्ता भइसकेको छ। उनी अहिले बिदामा छन्।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबरब्युरोमा थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो। बिदामै रहँदा काज सरुवा गरिएको हो।

विमानस्थलमा अध्यागमनका कर्मचारीसँग हातपातमा उत्रिएका डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए। समितिले विमानस्थलमा कार्यरत डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन, असई सञ्जय तामाङलाई निलम्बन गर्न, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

असई तामाङ र जवानद्वयलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ। बिहीबारदेखि उनीहरु रानीपोखरीमा हाजिर भएका छन्। तर उनीहरुलाई कारबाही बारे भने निर्णय भइसकेको छैन। उता प्रहरीले चेकजाँचच गर्दा लफडा गरेका अध्यागमन अधिकृत छायाँ मोक्तानलाई गृह मन्त्रालय फिर्ता गरिसकिएको छ।

विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत

विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

प्रकाशित: २६ माघ २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =